सामूहिक खेतीमा रमाउँदै महिला | Khabarhub Khabarhub

सामूहिक खेतीमा रमाउँदै महिला



देवचुली (नवलपुर)– रोजगारीको शिलशिलामा गाउँका अधिकांश युवाहरु विदेशमा श्रम बेचिरहेका छन् ।

परिवार पाल्नकै लागि विदेशमा बसेर श्रम बेचिरहँदा अधिकांश महिलाहरु श्रीमानको कमाइमा बिलासी जीवन बिताइरहेका छन् ।

तर नवलपरासीपूर्व देवचुली नगरपालिका ९ बिशालटारका महिलाहरुलाई भने श्रीमानको कमाइको कुनै प्रवाह छैन । उनीहरु श्रीमानको कमाइमा निर्भर नभई आफै उद्यमशिल भएर आम्दानी गरिरहेका छन् ।

यसअघि परम्परागत रुपमा खेतीपाती गर्दै आएका उनीहरु सामूहिक खेती गर्ने योजनाका साथ तीन वर्षअघि संगठित भएका थिए । समुन्नत महिला कृषक समूह गठन गरी सामूहिक तरकारी खेती गर्दै आएका उनीहरुको समूहमा ४१ जना सदस्य छन् ।

अहिले साढे तीन विगाहा क्षेत्रफलमा उन्नत जातको आलु खेती गरेका महिलाहरु सबै जना एक साथ मिलेर काम गर्छन् । उनीहरु आफ्नै जमीनमा खेती गरिरहेका छन् । एक दुई कट्टा जमीन भएका महिलादेखि १०/१२ कट्ठा जमीन भएका महिलाहरु समूहमा सदस्य छन् ।

खेतबारीमा काम गर्नका लागि उनीहरुले अरु कुनै कामदार खोज्नु पर्दैन । ‘हामी कोही थोरै जग्गा भएका छौं, तर हामी बराबर काम गर्छौ र बढी काम गर्नेलाई श्रमको अतिरिक्त मूल्य जोड्छौं,’ समूहकी अध्यक्ष तारा काफ्लेले भनिन् ।

सामूहिक रुपमा खेती गर्दै आएका उनीहरु बाँझो जमीनलाई उर्वर बनाउन सफल भएकोमा उत्साहित देखिन्छन् ।

सामूहिक खेती प्रणालीको अभ्यास गरिरहेका यी महिलाहरुले लगाएका नार्कद्वारा सिफारिस गरिएका जनकदेव, एमएस र खुमल रातो जातका उन्नत आलु खेती निकै फस्टाएर आएको छ ।

यसअघि च्याउ खेती गरेका उनीहरुले अहिले उन्नत जातको आलु खेती गरेका हुन् । कृषिलाई व्यवसायिकीकरण गदै आत्मनिर्भर हुन सकिन्छ भन्ने उदाहरण दिन कस्सिएका महिलाहरु एक आपसमा हातेमालो गर्दै हरेक दिन बिहान सबेरै खेत–बारीमा निस्कन्छन् ।

दैनिक तालिका नै बनाएर काममा खटिने ती महिलाहरुको समूहलाई आलु खेती प्रवद्र्धन गर्न गर्दै कृषि ज्ञान केन्द्र तनहुँले लगानीको ७५ प्रतिशत अनुदानसमेत उपलब्ध गराएको छ ।

सामूहिक खेती प्रणालीमा लागेका महिलाहरुलाई राज्यबाट भएको सहयोगले थप हौसला मिलेको छ ।

कृषि ज्ञान केन्द्र तनहुको ७५ प्रतिसत अनुदान र २५ प्रतिशत कृषक सहभागिता गरी कुल ४ लाख ८५ हजार ६ सय ७५ रुपैंयाको प्रारम्भिक लागतमा आलु खेती गरेका छन् ।

विगतमा परम्परागत खेतीप्रणालीबाट आफ्नो गर्जो टार्नसमेत मुश्किल पर्ने गरेकोमा व्यावसायिक रुपमा खेती गरेर आम्दानी गर्न थालेपछि सफलताको महशुस भएको उक्त महिला कृषक समूहकी उपाध्यक्ष रुपा रानाले बताइन् ।

परम्परागत रुपमा गर्ने गर्ने गरेका उनीहरुले यति धेरै क्षेत्रफलमा एउटै योजनामा आवद्ध भएर व्यावसायिक खेती गर्न थालेपछि अन्य महिलाहरुले समूहमा आवद्ध हुन चाहेको अध्यक्ष काफ्लेले बताइन् ।

आफ्नो श्रीमानबाट दुई चार पैसाका लागि हात थाप्नुपर्ने अवस्थाबाट मुक्त भएकामा यी महिलाहरु औधि खुशी छन् ।
आफूलाई आवश्यक पर्ने दुई चार रुपैयाँका लागि पनि पुरुषहरुसँग हात फैलाउनुपर्ने बाध्यता हटेको महिला समूहकी सचिव कलावती बस्यालले बताइन् ।

‘आफै उद्यमी भएपछि आम्दानी गर्न सकिने र पुरुषसँग हात फैलाउनुपर्ने बाध्यता हटेको छ,’ बस्यालले भनिन् । अहिले लगाइएको आलुखेतीबाट देवचुली नगरपालिकाको ९ नम्बर वडा मात्र होइन, देवचुली नगरपालिका नै आत्मनिर्भर हुने उनीहरुको विश्वास छ ।

यो सिजनको आलु उत्पादनपछि बोडी र काँक्रा लगाउन महिलाहरुले बेर्ना तयारी गरिसकेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  २ : १४ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त