सामूहिक खेतीमा रमाउँदै महिला « Khabarhub

सामूहिक खेतीमा रमाउँदै महिला



देवचुली (नवलपुर)– रोजगारीको शिलशिलामा गाउँका अधिकांश युवाहरु विदेशमा श्रम बेचिरहेका छन् ।

परिवार पाल्नकै लागि विदेशमा बसेर श्रम बेचिरहँदा अधिकांश महिलाहरु श्रीमानको कमाइमा बिलासी जीवन बिताइरहेका छन् ।

तर नवलपरासीपूर्व देवचुली नगरपालिका ९ बिशालटारका महिलाहरुलाई भने श्रीमानको कमाइको कुनै प्रवाह छैन । उनीहरु श्रीमानको कमाइमा निर्भर नभई आफै उद्यमशिल भएर आम्दानी गरिरहेका छन् ।

यसअघि परम्परागत रुपमा खेतीपाती गर्दै आएका उनीहरु सामूहिक खेती गर्ने योजनाका साथ तीन वर्षअघि संगठित भएका थिए । समुन्नत महिला कृषक समूह गठन गरी सामूहिक तरकारी खेती गर्दै आएका उनीहरुको समूहमा ४१ जना सदस्य छन् ।

अहिले साढे तीन विगाहा क्षेत्रफलमा उन्नत जातको आलु खेती गरेका महिलाहरु सबै जना एक साथ मिलेर काम गर्छन् । उनीहरु आफ्नै जमीनमा खेती गरिरहेका छन् । एक दुई कट्टा जमीन भएका महिलादेखि १०/१२ कट्ठा जमीन भएका महिलाहरु समूहमा सदस्य छन् ।

खेतबारीमा काम गर्नका लागि उनीहरुले अरु कुनै कामदार खोज्नु पर्दैन । ‘हामी कोही थोरै जग्गा भएका छौं, तर हामी बराबर काम गर्छौ र बढी काम गर्नेलाई श्रमको अतिरिक्त मूल्य जोड्छौं,’ समूहकी अध्यक्ष तारा काफ्लेले भनिन् ।

सामूहिक रुपमा खेती गर्दै आएका उनीहरु बाँझो जमीनलाई उर्वर बनाउन सफल भएकोमा उत्साहित देखिन्छन् ।

सामूहिक खेती प्रणालीको अभ्यास गरिरहेका यी महिलाहरुले लगाएका नार्कद्वारा सिफारिस गरिएका जनकदेव, एमएस र खुमल रातो जातका उन्नत आलु खेती निकै फस्टाएर आएको छ ।

यसअघि च्याउ खेती गरेका उनीहरुले अहिले उन्नत जातको आलु खेती गरेका हुन् । कृषिलाई व्यवसायिकीकरण गदै आत्मनिर्भर हुन सकिन्छ भन्ने उदाहरण दिन कस्सिएका महिलाहरु एक आपसमा हातेमालो गर्दै हरेक दिन बिहान सबेरै खेत–बारीमा निस्कन्छन् ।

दैनिक तालिका नै बनाएर काममा खटिने ती महिलाहरुको समूहलाई आलु खेती प्रवद्र्धन गर्न गर्दै कृषि ज्ञान केन्द्र तनहुँले लगानीको ७५ प्रतिशत अनुदानसमेत उपलब्ध गराएको छ ।

सामूहिक खेती प्रणालीमा लागेका महिलाहरुलाई राज्यबाट भएको सहयोगले थप हौसला मिलेको छ ।

कृषि ज्ञान केन्द्र तनहुको ७५ प्रतिसत अनुदान र २५ प्रतिशत कृषक सहभागिता गरी कुल ४ लाख ८५ हजार ६ सय ७५ रुपैंयाको प्रारम्भिक लागतमा आलु खेती गरेका छन् ।

विगतमा परम्परागत खेतीप्रणालीबाट आफ्नो गर्जो टार्नसमेत मुश्किल पर्ने गरेकोमा व्यावसायिक रुपमा खेती गरेर आम्दानी गर्न थालेपछि सफलताको महशुस भएको उक्त महिला कृषक समूहकी उपाध्यक्ष रुपा रानाले बताइन् ।

परम्परागत रुपमा गर्ने गर्ने गरेका उनीहरुले यति धेरै क्षेत्रफलमा एउटै योजनामा आवद्ध भएर व्यावसायिक खेती गर्न थालेपछि अन्य महिलाहरुले समूहमा आवद्ध हुन चाहेको अध्यक्ष काफ्लेले बताइन् ।

आफ्नो श्रीमानबाट दुई चार पैसाका लागि हात थाप्नुपर्ने अवस्थाबाट मुक्त भएकामा यी महिलाहरु औधि खुशी छन् ।
आफूलाई आवश्यक पर्ने दुई चार रुपैयाँका लागि पनि पुरुषहरुसँग हात फैलाउनुपर्ने बाध्यता हटेको महिला समूहकी सचिव कलावती बस्यालले बताइन् ।

‘आफै उद्यमी भएपछि आम्दानी गर्न सकिने र पुरुषसँग हात फैलाउनुपर्ने बाध्यता हटेको छ,’ बस्यालले भनिन् । अहिले लगाइएको आलुखेतीबाट देवचुली नगरपालिकाको ९ नम्बर वडा मात्र होइन, देवचुली नगरपालिका नै आत्मनिर्भर हुने उनीहरुको विश्वास छ ।

यो सिजनको आलु उत्पादनपछि बोडी र काँक्रा लगाउन महिलाहरुले बेर्ना तयारी गरिसकेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  २ : १४ बजे

टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड

टीकापुर– टीकापुर नगरपालिकाले १९औँ नगरभाले आगामी आर्थिक वर्ष २०८३/८४ को

दिउँसो दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा