टोकियोमा कोभिडको तेस्रो लहर फैलिनबाट रोक्न ‘स्वास्थ्य संकटकाल’ लगाउन आग्रह « Khabarhub

टोकियोमा कोभिडको तेस्रो लहर फैलिनबाट रोक्न ‘स्वास्थ्य संकटकाल’ लगाउन आग्रह


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई  स्वास्थ्य आपतकालीन अवस्था घोषणा गर्न गरेका छन् ।

देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गरेका हुन ।

गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरूसँग मिलेर कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गरेका हुन । भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागु गर्नुपर्ने माग कोइकीले राखेका थिए ।

जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसायहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए । यसले जापानमा सङ्क्रमण दर बढेपछि नियन्त्रणका लागि अपनाईएको पूर्व सावधानीलाई बताएको तर यो उपायले मात्र कोभिड–१९ नियन्त्रणमा ढिलाई हुने प्रतिक्रिया कोइकीले दिएका छन ।

“टोकियो र तीन छिमेकी प्रान्तहरुमा भएको सङ्क्रमणपछि चिकित्सा प्रणालीको अवस्थालाई ध्यानमा राख्दै हामीले विभिन्न समूहले गरेको आन्दोलनलाई तुरुन्त र पूर्ण रूपले रोक्न आवश्यक भएको निश्कर्षमा पुगेका छौँ,” उनले भने ।

सङ्क्रमणका घटनामा वृद्धि जारी रहेमा आपतकालीन अवस्था आवश्यक पर्न सक्छ, सरकारले अवस्थालाई गम्भीर ठानेको र अनुरोधमा छलफल गर्ने बताएका थिए ।

बिहीबार टोकियोमा एक हजार ३०० भन्दा बढी थप सङ्क्रमित भएपछि र देशभर पनि सङ्क्रमण दर उच्च देखिएपछि स्वास्थ्य सङ्कटकालका लागि छलफल सुरु भएको हो । जापानमा अहिलेसम्म कूल दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित बनेका छन् भने तीन हजार ४६० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : ०५ बजे

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,

संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको