तराईमा आज पनि बाक्लो हुस्सु, उच्च पहाडी भेगमा हिमपातको पूर्वानुमान « Khabarhub

तराईमा आज पनि बाक्लो हुस्सु, उच्च पहाडी भेगमा हिमपातको पूर्वानुमान


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि तराई भूभागमा बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश- १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना छ ।

आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.७ डिग्री मापन गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २० गते (मंगलबार)

दिउसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपाको सम्भावना रहेको छ।

राति : प्रदेश नं ७ र अन्य देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ २१ गते (बुधबार)

दिउसो : देशको सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्चपहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

माघ २२ गते (बिहीबार)

दिउसो : देशको सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली  साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ७ : ५१ बजे

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा

स्याङ्जाको चुनावी प्रतिस्पर्धामा को अगाडि ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लक्षित प्रचार–प्रसार

एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी

काठमाडौं- करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत कात्तिक