प्रचण्डविरुद्धको अवहेलना मुद्दा डा. शर्माको इजलासमा « Khabarhub

प्रचण्डविरुद्धको अवहेलना मुद्दा डा. शर्माको इजलासमा


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अवहेलनासम्बन्धी मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ।

आइतबार अधिवक्ता समीर हायुले प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए।

विराटनगरमा आयोजित पार्टीको विरोधसभामा दाहालले अदालतले फैसला नगरे जनताको अदालतबाट भए पनि फैसला गर्ने भन्दै अभिव्यक्ति दिएका थिए।

दाहालले यसअघि पनि पटक-पटक कार्यक्रमहरूमा अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध रिट परेको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व चार प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीविरुद्ध पनि अवहेलनासम्बन्धी मुद्दा दर्ता भइसकेको छ।

उक्त अवहेलना मुद्दामा न्यायाधीश डा. मनोजकुमार शर्माकै इजलासले सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश गरिसकेको छ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : १५ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल