नेकपाको आधिकारिकता दाबी गर्न दाहाल-नेपाल निर्वाचन आयोगमा « Khabarhub

नेकपाको आधिकारिकता दाबी गर्न दाहाल-नेपाल निर्वाचन आयोगमा


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टीको आधिकारिकता दाबी गर्न नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल निर्वाचन आयोगमा पुगेका छन् ।

पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न नेकपाको अध्यक्ष दाहाल र नेपाल आयोगको कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेको नेता शिव कुमार मण्डलले जानकारी दिए ।

उनीहरूका साथमा नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायतका नेताहरू पनि आयोगमा पुगेका छन् ।

साविकको ४४१ केन्द्रीय सदस्यमा बहुमत आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ ।

समूहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भए पनि त्यसले अहिलेसम्म बैधता पाउन सकेको छैन ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : २८ बजे

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने