आफुमाथि कुटपिट भएको भन्दै सुष्माले दिइन् प्रहरीमा उजुरी | Khabarhub Khabarhub

आफुमाथि कुटपिट भएको भन्दै सुष्माले दिइन् प्रहरीमा उजुरी


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार सुष्मा कार्कीले आफू कुटिएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

मंगलबार दिउँसो उनले काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा आफू पबमा कुटिएको भन्दै उजुरी दिएकी हुन् ।

सुष्माले कलाकार स्वेता खड्काकी बहिनी आरती खड्का र रंगपत्रकार उत्सव रसाइलीले आफूविरुद्ध गालीगलौज र कुटपिट गरेको भन्दै उजुरी दिएकी हुन् ।

सोमबार साँझ श्वेता, उनका श्रीमान् विजयन्द्र सिंह रावत, स्वेताकी बहिनी आरती र रंगपत्रकार उत्सव रसाइली लण्डन पब पुगेका थिए । सोही पबमा सुष्मा पनि आफ्ना साथीहरूसँग पुगेकी थिइन् ।

पबमा यी दुईबीच कुराकानीका क्रममा झगडा भएको थियो । उजुरीमा सुष्माले आफूमाथि कुटपिट भएको उल्लेख गरेकी छिन् ।

प्रहरीले भने दुवै पक्षलाई बोलाएर कुराकानी गराउने तयारी गरेको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ४ : ०४ बजे

सरकारमा बस्ने या नबस्ने निर्णय भोलि टुङ्गो लाग्छ : मनिस सुमन 

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरिने या रहिरहने

इराकमा मानव र लागूपदार्थ ओसारपसार गिरोहविरुद्धको अभियानमा ४० जना पक्राउ

बग्दाद– इराकी सुरक्षा बलहरूले मानव र लागूपदार्थको तस्करीमा संलग्न दुई

नेकपा एमालेले पनि मधेस सरकार छाड्ने, सरकार अल्पमतमा

जनकपुरधाम– नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै नेकपा एमालेले पनि मधेस

काठमाडौंको महंगी ४.०६ र पहाडको ५.३३ प्रतिशत

काठमाडौं– चैत्र महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र बैंकले

उपकूलपति बरालको प्रतिबद्धता- शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छु 

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले शैक्षिक पात्रो