आफुमाथि कुटपिट भएको भन्दै सुष्माले दिइन् प्रहरीमा उजुरी « Khabarhub

आफुमाथि कुटपिट भएको भन्दै सुष्माले दिइन् प्रहरीमा उजुरी


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार सुष्मा कार्कीले आफू कुटिएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

मंगलबार दिउँसो उनले काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा आफू पबमा कुटिएको भन्दै उजुरी दिएकी हुन् ।

सुष्माले कलाकार स्वेता खड्काकी बहिनी आरती खड्का र रंगपत्रकार उत्सव रसाइलीले आफूविरुद्ध गालीगलौज र कुटपिट गरेको भन्दै उजुरी दिएकी हुन् ।

सोमबार साँझ श्वेता, उनका श्रीमान् विजयन्द्र सिंह रावत, स्वेताकी बहिनी आरती र रंगपत्रकार उत्सव रसाइली लण्डन पब पुगेका थिए । सोही पबमा सुष्मा पनि आफ्ना साथीहरूसँग पुगेकी थिइन् ।

पबमा यी दुईबीच कुराकानीका क्रममा झगडा भएको थियो । उजुरीमा सुष्माले आफूमाथि कुटपिट भएको उल्लेख गरेकी छिन् ।

प्रहरीले भने दुवै पक्षलाई बोलाएर कुराकानी गराउने तयारी गरेको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ४ : ०४ बजे

बल्छीको ‘गोबर गणेश’ले व्यापार ९ दिनमा १ करोड नाघ्यो

काठमाडौं – मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन, शीर्ष भूमिका

आमाको दूधको विकल्प खोज्न नहुनेमा सरोकारवालाको जोड

वालिङ– सरोकार भएका निकायका प्रतिनिधिले शिशुका लागि आमाको दूधको विकल्पमा

‘पारस’को नायिकामा जशिताको प्रवेश, निखिल जोडी बन्ने

काठमाडौं – कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका

बालेनलाई ईको कटाक्ष : बहसमा चिप्लिनुभन्दा मञ्चन र नियोजित प्रस्तुति देखाउनु नै बेस !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाहले

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र