शूटिङमा शाहरुखको यस्तो रेकर्ड « Khabarhub

शूटिङमा शाहरुखको यस्तो रेकर्ड


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शाहरुख खानको हाल छायांकनरत फिल्म ‘पठान’को केही एक्सन दृश्य दुबईको बुर्ज खलिफामा खिचियो ।

धेरै बलिउड तथा दक्षिण भारतीय फिल्मले पृष्ठभूमिमा यो आइकनिक टावरको ब्याकड्रप राखेर सुटिङ गरिरहँदा शाहरुख भने फिल्मको टिम लिएर बुर्ज खलिफामै खिचे । यो त्यही स्थानमा हो, जहाँ हलिउडका टम क्रुजको ‘मिसन इम्पोसिबलः घोस्ट प्रोटोकल’ र भिन डिजेल अभिनित ‘फास्ट एण्ड फ्युरियस’मात्र खिचिएको छ । यही कारण पनि शाहरुख बुर्ज खलिफामा फिल्म सुटिङ गर्ने पहिलो बलिउड कलाकार बनेका छन् ।

फिल्मका लागि दुबईको सडकमा केही दिन अघिमात्र कुदिरहेको कार र ट्रकमाथि एक्सन दृश्यको छायांकन गरिएको थियो । बुर्ज खलिफामा शाहरुख र अभिनेता जोन अब्राहमको एक्सन दृश्य खिचिएको छ ।

शाहरुखका अघिल्ला केही फिल्मले पनि सुटिङको मामलामा यस्तै रेकर्ड राखेको छ । उनको फिल्म ‘स्वदेश’ पहिलोपटक नासामा छायांकन गरिएको थियो । शाहरुख अभिनित ‘जब तक हे जान’ पहिलोपटक डिस्कोभरी च्यानलको मुख्यालयमा खिचिएको थियो ।

यस्तै उनको फिल्म ‘फ्यान’ लण्डनको मेडम टुसादमा छायांकन गरिएको थियो । हालसम्म यी स्थानमा कोही पनि बलिउड कलाकारका फिल्म सुटिङ गरिएका छैन ।

शाहरुख आफ्ना हरेक फिल्ममा केही न केही नयाँ गर्न रुचाउँछन् । त्यसैको निरन्तरताको रुपमा फिल्म ‘पठान’को छायांकन बुर्ज खलिफामा गरिएको बुझाइ फिल्म विश्लेषकहरुको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ४ : १२ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी