घुस अभियोमा मालपोतका नासुविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

घुस अभियोमा मालपोतका नासुविरुद्ध भ्रष्टाचार मुद्दा


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग रु ११ हजार घुस लिएको अभियोग लागेको छ ।

आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी व्यवसायी महत्तोलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपीद्वयलाई बिगो बराबरको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै, आयोगले आजै विद्युत् मिटरको क्षमता वृद्धि गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु आठ हजार घुस मागेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण वरहथवा वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन मनोजकुमार पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले घरायसी प्रयोजनका लागि काठ दाउरा लैजान सहजीकरण गरि दिने भन्दै स्थानीयवासीबाट अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत वरिष्ठ हवल्दार श्रवण बस्नेतलाई पक्राउ गरेको छ ।

आयोगले बस्नेतलाई रु १५ हजार घुससहित गौशाला नगरपालिका–५ रामनगर महोत्तरीबाट सोमबार पक्राउ गरेको हो । आरोपी हवल्दार बस्नेतको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ४६ बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक