उपप्रधानमन्त्री पोखरेल र बेलायती राजदूतबीच शिष्टाचार भेट « Khabarhub

उपप्रधानमन्त्री पोखरेल र बेलायती राजदूतबीच शिष्टाचार भेट


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरलसँग नेपालका लागि सयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले शिष्टचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भएको भेटमा दुई देशबीचको मित्रता र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको कार्यालयका प्रवक्ता शङ्कर नेपालले जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले जलवायु परिवर्तन नेपालको प्राथमिकता रहेको भन्दै सन् २०१९ मा पोल्याण्डमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२४) मा नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रतिनिधिमण्डलले सहभागिता जनाएको स्मरण गरे । उनले संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ को उपचारका लागि उपलब्ध सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

सो अवसरमा राजदूत पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि शुरु गरेको कोभिड–१९ विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले आउँदो २०२१ को नोभेम्बरमा संयुक्त अधिराज्यमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२४) मा नेपालको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ८ : ४७ बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक