ट्रक दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीमा दुई ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

ना ७ ख ७०२३ र ना ६ ख ३०११ नं को ट्रक मध्यरात दुर्घटना हुँदा दुबै ट्रकका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिमबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

शव पोस्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुबै ट्रकका सहचालक घाइते भएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : २६ बजे

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६