वीरगञ्ज कारागारमा थुनुवा भेट्न पुगेका युवक चरेससहित पक्राउ « Khabarhub

वीरगञ्ज कारागारमा थुनुवा भेट्न पुगेका युवक चरेससहित पक्राउ


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्ज कारागारमा थुनुवा भेट्न पुगेका एक युवकलाई प्रहरीले लागूऔषध चरेससहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का २२ वर्षीय मिङमा शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा पक्राउ परेका हुन् ।

कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा मिङमा पक्राउ परेका हुन् ।

मिङमाले प्लाष्टिकको झोलाभित्र राखेर भाइको लागि भनेर ल्याएको स्पोर्ट्स जुत्ताको तलुवाभित्र करिब १० ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  २ : ३५ बजे

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै

गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं–  गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको