गोर्खाली बहादुरीमा ‘गोर्खा वारियर’ « Khabarhub

गोर्खाली बहादुरीमा ‘गोर्खा वारियर’


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोर्खालीको बहादुर र वीरताको कथालाई चित्रण गर्न फिल्म ‘गोर्खा वारियर’ निर्माण हुने भएको छ । लन्डन सिनेआई प्रोडक्शनको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको छायांकन फागुन २३ गतेबाट सुरु हुँदैछ ।

राजधानीमा मंगलबार आयोजित फिल्म घोषणा कार्यक्रममा निर्माता तथा निर्देशक मिलन चाम्सले विश्वभर गोर्खालीहरुको बहादुरीको चर्चा हुने स्मरण गर्दै त्यही चर्चालाई चित्रण गर्न फिल्म निर्माण गर्न लागिएको बताए ।

चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा सुरेश राई र पूर्ण लिम्बु सह–निर्माता छन् ।

फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भूवन सिंह राई, शिशिर वाङदेल, बुद्धि तामाङ, कविता आले, विरुप घले, सारा राई लगायतको मुख्य भूमिका रहनेछ ।

शैलेन्द्र खनालको शब्द रहने फिल्ममा एलिस कार्कीको संगीत, मिलन चाम्सको कथा, मिलन र गिरिराज घिमिरेको पटकथा तथा संवाद, अर्जुन बीसीको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहनेछ ।

फिल्म मलेसिया, बेलायत र नेपालमा छायांकन हुनेछ । निर्माता तथा निर्देशक मिलनका अनुसार यसको ४ वटा सिरिज बन्नेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ४ : ३० बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन