गोर्खाली बहादुरीमा ‘गोर्खा वारियर’ « Khabarhub

गोर्खाली बहादुरीमा ‘गोर्खा वारियर’


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोर्खालीको बहादुर र वीरताको कथालाई चित्रण गर्न फिल्म ‘गोर्खा वारियर’ निर्माण हुने भएको छ । लन्डन सिनेआई प्रोडक्शनको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको छायांकन फागुन २३ गतेबाट सुरु हुँदैछ ।

राजधानीमा मंगलबार आयोजित फिल्म घोषणा कार्यक्रममा निर्माता तथा निर्देशक मिलन चाम्सले विश्वभर गोर्खालीहरुको बहादुरीको चर्चा हुने स्मरण गर्दै त्यही चर्चालाई चित्रण गर्न फिल्म निर्माण गर्न लागिएको बताए ।

चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा सुरेश राई र पूर्ण लिम्बु सह–निर्माता छन् ।

फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भूवन सिंह राई, शिशिर वाङदेल, बुद्धि तामाङ, कविता आले, विरुप घले, सारा राई लगायतको मुख्य भूमिका रहनेछ ।

शैलेन्द्र खनालको शब्द रहने फिल्ममा एलिस कार्कीको संगीत, मिलन चाम्सको कथा, मिलन र गिरिराज घिमिरेको पटकथा तथा संवाद, अर्जुन बीसीको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहनेछ ।

फिल्म मलेसिया, बेलायत र नेपालमा छायांकन हुनेछ । निर्माता तथा निर्देशक मिलनका अनुसार यसको ४ वटा सिरिज बन्नेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ४ : ३० बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय