काँग्रेस सत्ताको खेलमा नलागे प्रधानमन्त्री ओलीलाई कसैले हटाउन सक्दैन: महेश बस्नेत « Khabarhub

काँग्रेस सत्ताको खेलमा नलागे प्रधानमन्त्री ओलीलाई कसैले हटाउन सक्दैन: महेश बस्नेत


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा ओली समूहका नेता महश बस्नेतले नेपाली काँग्रेस सत्ताको खेलमा नलागे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले हटाउन नसक्ने बताएका छन् ।

मंगलबार राजधानीमा रिर्पोटस क्लव नेपालले गरेको साक्षातकार कार्यक्रममा बोल्दै नेता बस्नेतले नेपाली काँग्रेस सत्ताको खेलमा नलागे वर्तमान सरकारलाई कसैले हटाउन नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा कुनै नयाँ कदम चाल्नुपर्ने अवस्था नभएको बताउँदै उनले नेकपा नफुटेको जिकिर गरे ।

नेता वस्नेतले सत्ताको समिकरण बोकाको मुखमा कुभिण्डो जस्तै प्रचण्ड–माधव पक्षलाई भएको आरोप लगाए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नेपालको राजनीति घुमिरहने जिकिर गर्दै नेकपाभित्रै सत्ताको खेल भएकाले विगतमा भएका कमीकमजोरी सच्चाएर अगाडि बढ्नुपर्ने बताए ।

उनले प्रचण्ड–माधव पक्षका सांसदहरु पनि आफूहरुको पक्षमा आउने दावीसमेत गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : १५ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन