सोमबार उकालो लागेको नेप्सेमा मंगलबार दोहोरो अंकले गिराव‍ट « Khabarhub

सोमबार उकालो लागेको नेप्सेमा मंगलबार दोहोरो अंकले गिराव‍ट


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत उल्लेख्यरुपमा घटेको छ । पछिल्ला केही दिनमा मात्रै लगानीकर्ताले झण्डै रु दुई खर्ब ५० अर्ब बढी गुमाएका छन् । नेप्सेमा आज पनि ठूलो अङ्कको गिरावट देखिएको छ । गिरावटपछि बजार पूँजीकरणसमेत खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोवारपछि बजार पूँजीकरण रु ३३ खर्ब ८२ अर्ब ८६ करोड ९९ लाख २० हजार बराबर पुगेको छ । नेप्सेमा आज ५९.७० बिन्दुले घटेर दुई हजार ४५५.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८० बिन्दुले घटेर ४४३.९५ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर रु छ अर्ब ११ करोड ९६ ३८ करोड ६६९ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २७८.४९ र होटल तथा पर्यटन १६.८६ बिन्दुले बढ्दा बैंकिङ ४५.५५, विकास बैंक ६०.६५, जलविद्युत् ४०.९९, वित्त २२.८५, निर्जीवन बीमा ३४३.५७, उत्पादन १५०.४८, अन्य ४३.२३, लघुवित्त ११२.०८, जीवन बीमा ५१९.६७, सामूहिक लगानी कोष ०.२१ र लगानी १.९१ ले ओरालो लागेको छ ।

कारोवारका आधारमा एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड २६ लाख ९४ हजार १७६ बराबरको कारोवार भयो । नेपाल पूर्वाधार बैंक रु २५ करोड ८० लाख ७१ हजार २९५, नेपाल बैंक रु २२ करोड ६९ लाख २६ हजार १६२, शिखर इन्स्योरेन्स रु २१ करोड ६९ लाख २२ हजार ७२७, कुमारी बैंक रु २० करोड ४८ लाख ६७ हजार १४६, नेपाल लाइफ इन्स्योरेन्स रु २० करोड २३ लाख ६६ हजार १८०, एनआइसी एशिया बैंक रु १७ करोड ७९ लाख ३५ हजार ६६४, नबिल बैंक रु १७ करोड पाँच लाख नौ हजार ३०६, हिमालयन डिस्टिलरी रु १६ करोड ५९ लाख ७४ हजार ६४४ र ग्लोबल आइएमई बैंक रु १५ करोड ९० लाख ७१ हजार १२२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

कारोवारका आधारमा साल्ट टे«डिङका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाउँदा चन्द्रागिरि हिल्स ९.८९, हिमालयन पावर पार्टर ८.८९, एचआइडिसिएल २.१७, नेपाल इन्भेस्टमेन्ट डिवेञ्चर १.९५, गुडबिल फाइनान्स १.९३ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले ०.४१ प्रतिशतले कमाएका छन् ।

यस्तै, नेपाल हाइड्रो डेभलपमर ७.३१, कर्पोरेट डेभलपमेन्ट बैंक ६.८२, सिनर्जी पावर ६.४४, साधाना लघुवित्त ५.९३, गुह्येश्वरी मर्चेन्ट ५.८३, लक्ष्मी इक्विटी फण्ड ५.७२, मिर्मिरे माइक्रो फाइनान्स ५.६३, सूर्योदय लघुवित्तका लगानीकर्ताले ५.५८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : ३८ बजे

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौं– भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन