सांसदहरुले हामीलाई नै साथ दिन्छन्, सूर्य चिह्न पनि हाम्रै हुन्छ: माधव नेपाल | Khabarhub Khabarhub

सांसदहरुले हामीलाई नै साथ दिन्छन्, सूर्य चिह्न पनि हाम्रै हुन्छ: माधव नेपाल


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवपक्षका अध्यक्ष माधवकुमार नेपालले नेपालमा नैतिकताको खडेरी परेको बताएका छन् ।

वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतले हराउँदा समेत प्रधानमन्त्रीले राजीनामा नदिनु नैतिकता खडेरी भएको टिप्पणी गरेका हुन् ।

उनले विश्वका अन्य मुलुकमा भए सर्वोच्चले फैसला सुनाउने बित्तिकै राजनीमा दिने नजिर भए पनि नेपालमा सत्ता सम्हालिरहेका व्यक्तिमा नैतिकता नै नभएको आरोप लगाए ।

अध्यक्ष नेपालले नैतिकताको प्रश्नमा भरतमोहन र मनमोहन जस्ता उदाहरणी व्यक्तिबाट पाठ सिक्नु पर्ने बताउँदै संसदबाटै प्रधानमन्त्री ओलीलाई हटाउने चेतावनी दिए ।

उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसहेकाले सबै सांसदहरुले आफुहरुलाई साथ दिने र सूर्य चिह्न पनि आफूहरुले नै प्राप्त गर्ने जिकिर गरे । उनले सूर्य चिह्नमा कसैलाई कर्के नजर हेर्न नदिने बताउँदै चोइटिएका पार्टीले नभई मूल पार्टीले प्राप्त गर्ने जिकिर गरे ।

अध्यक्ष नेपालले नेपालको राजनीति भरतमोहनको पथमा चले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि पाठ नसिकेको आरोप लगाए । उनले सर्वोच्चले गरेको फैसला महान भएकाले अझ पनि सत्यकै जीत हुने बताए ।

भिडियो:

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : ३२ बजे

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली

प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी

किएभ – रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू