नेपालमा थप ५० लाख डोज कोरोना खोप ल्याइँदै « Khabarhub

नेपालमा थप ५० लाख डोज कोरोना खोप ल्याइँदै


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मंगलबार दिएको जानकारी अनुसार नेपालमा थप ५० लाख डोज खोप ल्याउन लागिएको हो ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको सचिव अर्यालले बताए ।

नेपालले अहिलेसम्म जिटुजी मार्फत २० लाख डोज खोप खरिद गरिसकेको छ । जसअन्तर्गत पहिलो खेप १० लाख डोज नेपालमा ल्याइसकिएको छ । बाँकी १० लाख डोज पनि ल्याउने प्रक्रियामा छ ।

यसअघि भारतले १० लाख डोज र चीनले ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरिसकेका छन् ।

मन्त्रालयका अनुसार ३ लाख डोज खोप यही हप्ता र थप १० लाख खोप १५ दिनभित्र आउनेछ । हाल मन्त्रालयसँग रहेको र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज ल्याएपछि अर्को चरणको खोप कार्यक्रम ल्याइनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ७ : २५ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन