तीन महिनाको छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ « Khabarhub

तीन महिनाको छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– आफ्नै ३ महिनाको छोराको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पञ्चेश्वर गाउँपालिका-५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्दलाई मंगलबार दिउँसो प्रकाउ गरिएको हो । आफ्नै घरमा छोरा लक्ष्मणलाई राजबहादुरले लछारपछार गरी कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजबहादुरले आफ्ना ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गरी घाइते बनाएका छन् ।

राजबहादुरलाई जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरी चौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका मन्धिर चन्दको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ७ : ४१ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन