ठूला नदीमा जल यातायात अघि बढाउन सरकारको तयारी: मन्त्री नेम्वाङ « Khabarhub

ठूला नदीमा जल यातायात अघि बढाउन सरकारको तयारी: मन्त्री नेम्वाङ


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालका ठूला नदीमा जल यातायात अघि बढाउन नेपाल सरकारले तयारी अघि बढाएको बताएका छन् ।

भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको ‘मारिटाइम इण्डिया समिट २०२१’ को मन्त्रीस्तरीय भर्चुअल कार्यक्रममा उनले कर्णाली, नारायणी, कालीगण्डकी, कोशीलगायतका नदीमा पानीजहाज सञ्चालन गरेर भारतसँग जलमार्गमार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताए ।

मन्त्री नेम्वाङले जल यातायातसम्बन्धी विभिन्न सन्धि, सम्झौता तथा सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार व्यवहारमा कार्यान्वयन गर्नतर्फ अग्रसर भएको औँल्याए। उनले जल यातायात सञ्चालनका लागि नेपालले लामो समयदेखि प्रयास गरेको बताए ।

पानीजहाजसम्बन्धी ऐन सन् १९७१ पारित गरेको उनले  जानकारी दिए । उनले भने, “लामो समयपछि जल यातायातलाई अहिलेको सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।”

मन्त्री नेम्वाङले कुनै पनि देश विकसित र समृद्ध हुन यातायात र पारवहन सुविधा आधारभूत पूर्वाधारको रुपमा रहने बताए ।

नेपालले यातायातको सबै क्षेत्र हवाईजहाज, रेल, सडक यातायात तथा पारवाहन सुविधालाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको उनको भनाइ छ ।

उनले भने, “नेपाल भूपरिवेष्ठितबाट भूजडित देशको रुपमा विकसित भइरहेको छ ।”

तीन दिनसम्म चल्ने सम्मेलनको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १० : १० बजे

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२