अभिनेत्री आलियालाई कोरोना संक्रमण « Khabarhub

अभिनेत्री आलियालाई कोरोना संक्रमण


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता प्रेमी रणवीर कपूर कोभिडबाट मुक्त भएको केही साता बित्न नपाउदै उनकी अभिनेत्री प्रेमिका आलिया भट्टलाई कोरोना संक्रमण भएको छ ।

बलिउडमा कार्तिक आर्यन, रणवीर, मनोज वाजपेयी, आमिर खान र तारा सुतारिया जस्ता कलाकारहरु कोभिड संक्रमणमा परिरहँदा अब यो सूचीमा आलिया पनि अटाएकी छन् ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार आलियाले इन्स्टाग्राममा आफू कोरोनाको संक्रमणमा परेको जानकारी दिएकी छन् । ‘हेलो, म कोभिड संक्रमित भएकी छु । म घरमै छु र मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । चिकित्सकको निर्देशन अनुसार सबै कोभिड नियमलाई पालना गरिरहेकी छु । तपार्इंहरु सबैको प्रेम र सहयोगका लागि धन्यवाद । सबैले स्वास्थ्यको ख्याल गर्नुहोला’, उनले लेखेकी छन् ।

आलिया अघि रणवीर गत मार्च ९ मा कोभिड संक्रमित भएका थिए । आफू संक्रमित भएपछि रणवीर होम क्वारेन्टाइनमा थिए । अहिले उनको रिपोर्ट नेगेटिभ आएपछि उनी काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : ५६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,