शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु « Khabarhub

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ ।

निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताउनुभयो । “गणनाको कार्य एक हप्ताभित्रै सम्पन्न गर्ने गरी शुरु गरेका छौँ”, उनले भने, “गणनाको कार्यसँगै गैँडाको बासस्थान र अवस्थाबारे समेत जानकारी लिइने छ ।”

प्रत्येक चार वर्षको अन्तरालमा निकुञ्जमा गैँडा गणनाको कार्य हुँदै आएको छ । निकुञ्जमा १७ वटा गैँडा संरक्षित रहेका छन् । तीमध्ये १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित रहेका छन् ।

गैँडाको वासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै गएको छ । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैँडा शुक्लाफाँटामा ल्याइएको थियो ।

त्यसपछि सन् २०१७ मा पाँचवटा गैँडा निकुञ्जमा ल्याइएको थियो । स्थानान्तरण भएको दुई दशकपछि गैँडाको सङ्ख्या सन्तोषजनक रूपमा वृद्धि हुँदै गएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ९ : ०३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी