मेलम्चीको पानी काठमाडौँ आएपछि कांग्रेसले सम्झियो कृष्णप्रसाद भट्टराईलाई « Khabarhub

मेलम्चीको पानी काठमाडौँ आएपछि कांग्रेसले सम्झियो कृष्णप्रसाद भट्टराईलाई


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेलम्चीको पानी काठमाडौँ आएपछि नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई सम्झिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौँ आइपुग्दा काठमाडौँबासीले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका छन्। उनले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिएपनि उपत्यकाबासीले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गरे।

प्रवक्ता शर्माले भने, ‘कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गाँसिने नाम हो। उनलाई बिर्सेर मेलम्चीको कथा न शुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो। न मेलम्ची यहाँ आइपुग्ने हुन्थ्यो होला।’

शर्माले मेलम्चीको पानी काठमाडौँ आउनुले नेपालीको सामर्थ्य पुष्टि भएको पनि बताए। यसले आगामी दिनमा नविन परियोजना तर्फ देशलाई लैजानको निम्ति मार्ग प्रशस्त गर्ने उनले बताए।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  २ : ५४ बजे

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक