राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्चीको पानी वितरणको उद्घाटन | Khabarhub Khabarhub

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्चीको पानी वितरणको उद्घाटन


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी हुन् ।

मेलम्चीको पानीसँगै राष्ट्रपति भण्डारीले पानीको फोहोराको पनि उद्घाटन गरेकी छन् ।

शुक्रबार बिहानदेखि बालाजुस्थित रिजरभ्वायरबाट उपभोक्ताका लागि वितरण शुरू गरिएको हो ।

खानेपानी गत आइतबारबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको भएपनि औपचारिक उद्घाटन भने आजमात्र भएको हो ।

शुक्रबार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेल लगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका आयोजनाका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए ।

काठमाडौँको मिनभवन, अनामनगर, महांकाल, खुमलटारको पानी ट्यांकीबाट पनि पानी वितरण भएको छ । काठमाडौँ खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईका अनुसार आजदेखि काठमाडौँ उपत्यकामा दैनिक करीब ८ करोड लिटर खानेपानी वितरण हुनेछ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ३ : ०७ बजे

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक

उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा