नेकपा एमालेको ‘दुबै हातमा लड्डु’ छ : मन्त्री गुरुङ « Khabarhub

नेकपा एमालेको ‘दुबै हातमा लड्डु’ छ : मन्त्री गुरुङ


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गरुङले नेकपा एमालेको ‘दुबै हातमा लड्डु’ भएको बताएका छन् ।

रेडियो नेपालको ७१ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेकपा एमालेको सरकारलाई विस्थापित गरे पनि २० महिनापछि सिंहदरबारमा बहुमतका साथ फर्किने बताए ।

उनले प्रधानमन्त्री केपी ओलीले भने झै कसैले पनि नेकपा एमालेलाई तहस–नहस पार्न नसक्ने जिकिर गरे ।

मन्त्री गुरुङले रेडियो नेपालको विकासका लागि सरकारले खेल्नुपर्ने भूमिका कमजोर नहुने बताउँदै रेडियो नेपालका कर्मचारीहरुको सरुवा बढुवा गर्नेतर्फ आफू नलागने बताए ।

मन्त्री गरुङले रेडियो नेपालको विकास र समृद्धिका लागि आफ्नो भूमिका खेल्न आफू तयार रहेको बताए ।

रेडियो नेपालको ७१ औं बार्षिक उत्सवका अवसरमा भएका विभिन्न प्रतियोगिताका प्रतियोगिलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ४ : ३० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ