वाग्मती प्रदेशसभाको बैठक आउँदो मंगलबार बस्ने | Khabarhub Khabarhub

वाग्मती प्रदेशसभाको बैठक आउँदो मंगलबार बस्ने


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते मंगलबार दिनको १ बजे पुनः बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी स्थगन गरिएको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज बसेको कार्यपरामर्श समितिको बैठकले सदन बोलाउने निर्णय गरेको जानकारी दिए । उनले पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावसम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिने तथा सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक २०७७ र प्रदेश पर्यटन विधेयक २०७७ माथि छलफल प्रारम्भ हुने बताए ।

मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावक अरुणकुमार नेपालसहित समर्थक रहेका सदस्यले चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिने भन्ने निर्णय भएअनुसार वाग्मती प्रदेशसभा सचिवालयमा १८ गते अपराह्न प्रस्ताव फिर्ता लिएको सूचना दर्ता गरिएको थियो ।

प्रदेशसभामा तत्कालीन सत्तारुढ दल नेकपाको ८० सदस्य रहेको भए पनि हालै सर्वोच्च अदालतको फैसलाअनुरुप अहिले सत्तारुढ नेकपा एमालेमा ५७, प्रमुख प्रतिपक्ष दलका रुपमा नेकपा माओवादी केन्द्रमा २३ र नेपाली कांग्रेस २२ तेस्रो ठूलो दलका रुपमा स्थापित भएको छ ।

यसैगरी साझा विवेकशील दलतर्फ, नेपाल मजदूर किसान पार्टी दुई, राप्रपाको दुई र एक स्वतन्त्र सांसद गरी कूल ११० प्रदेशसभाका सदस्य छन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : ५९ बजे

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठ र गभर्नर पौडेलबीच भेटवार्ता

काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल राष्ट्र

‘जेरी अनटप’ धोका पाएपछि ‘कमब्याक’ गराउने निर्देशककै फिल्म गर्दै विपना थापा

काठमाडौंं– नायिका विपना थापाले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व

पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन

‘संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयलाई अघि बढाउन कांग्रेस दृढ छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयहरूलाई

आगलागी र मनसुनजन्य क्षतिको रकम निकासा

गुल्मी-जिल्लामा एक वर्षपछि आगलागी र मनसुनजन्य विपद्बाट पीडित परिवारले राहत