एएफसी कप : त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा हुँदै | Khabarhub Khabarhub

एएफसी कप : त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा हुँदै


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच प्रितस्पर्धा हुने भएको छ ।

यही चैत २५ गते हुने दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने छ । उक्त प्रतियोगितामा भाग लिन श्रीलङ्कन टोली चैत २२ र २३ गते काठमाडौँ आउने भएको छ ।

उक्त प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि रु ५०० र साधारणतर्फ रु ३०० शुल्क कायम गरिएको बताइएको छ । सो प्रतियोगिताका तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।

प्रतियोगिताका लागि रु २० लाख खर्च लाग्ने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । आर्मी क्लबले श्रीलङ्कका टिमलाई सशक्त प्रतिस्पर्धी टिमकैरुपमा लिएको जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ५ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र