तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै « Khabarhub

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको दमौली-भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणले गति लिएको छ । प्रसारण लाइन निर्माणको हालसम्म करिब ८२ प्रतिशत काम सम्पन्न भएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीले ३५ किलोमिटर लामो प्रसारण लाइनमा निर्माण गर्नुपर्ने ९४ टावरमध्ये ८३ वटाको जग निर्माण सम्पन्न भइसकेको जनाउँदै ८० वटा टावर खडा गरिसकिएको बताए। चितवन र तनहुँ जिल्लाका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रुख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणले थप गति लिएको उनले बताए।

हाल प्रसारण लाइनअन्तर्गत टावरको जग निर्माण, टावर खडा गर्ने, आवश्यक स्थानमा टावर संरक्षण गर्ने तथा तार तान्ने काम भइरहेको छ । चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिका क्षेत्रमा तार तान्ने काम जारी छ । हालसम्म करिब दुई किलोमिटर तार तानिसकिएको भण्डारीले बताए ।

चरण ३ अन्तर्गत प्रसारण लाइन निर्माणको ठेक्का भारतको केइसी इन्टरनेशनलले पाएको छ । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि यो प्रसारण लाइन निर्माण भइरहेको हो ।

आयोजना प्रमुख भण्डारीका अनुसार वन क्षेत्रमा प्रवेश तथा रुख कटानसम्बन्धी अनुमति प्राप्त भएपछि रोकिएका तथा प्रभावित काम अघि बढाउन सहज भएको छ । अहिले विभिन्न स्थानमा एकैसाथ टावर निर्माण, टावर खडा गर्ने र तार तान्ने कामलाई अघि बढाइएको छ ।

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणसँगै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न आवश्यक प्रसारण पूर्वाधार निर्माणलाई पनि आयोजनाले प्राथमिकतामा राखेको छ । दमौली(भरतपुर प्रसारण लाइन त्यसैको महत्त्वपूर्ण हिस्सा हो।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ९ : ११ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै