हात्तीपाइले औषधि खुवाउने अभियान शुरु « Khabarhub

हात्तीपाइले औषधि खुवाउने अभियान शुरु


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– हात्तीपाइले विरुद्धको चक्की खुवाउने अभियान शुरु भएको छ ।

जनस्वाथ्य कार्यालय मोरङद्वारा विराटनगरको ट्राफिक चोकमा आज आयोजित शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला समन्वय समितिका संयोजक नरेशकुमार पोखरले र कोशी अस्पतालका प्रमुख डा चुमनलाल दासले सामूहिक रुपमा औषधि खाई अभियानको शुभारम्भ गरेका हुन् ।

ट्राफिक चोकमा रहेको स्वास्थ्य केन्द्रमा औषधि खाने मानिसको उल्लेखनीय सहभागिताले केही समय तछाडमछाडको स्थिति पनि देखिएको थियो । हात्तीपाइले विरुद्धको यो अभियान १०औँ चरणको हो । छैटौँ पटकमा सकिने अभियान सबै मानिसहरुले औषधि नखाँदा यो अभियान लम्बिएको स्वास्थ्य कार्यालयका प्रवक्ता धरनीधर निरौलाले जानकारी दिनुभयो । यसपटक सबै जनाले खाएको सुनिश्चिच नभएसम्म औषधि खुवाउने अभियान जारी रहने र सम्भवतः चैत मसान्तसम्ममा सबै नागरिकलाई औषधि सेवन गराइसक्ने प्रवक्ता निरौलाले बताए ।

दुई वर्षदेखि पाँच वर्षकाले एक चक्की, छ देखि १४ वर्षकाले दुई चक्की तथा १५ वर्ष माथिकाले तीन चक्कीसहित जुकाको एक चक्की खानु पर्ने र यो रोगको सङ्क्रमण भएकाले औषधि खाँदा सामान्य वाकवाकी लाग्ने, टाउको दुःखने र रिङ्गटाले लक्षण देखिने प्रवक्ता निरौलाले भने ।

उनका अनुसार मोरङमा नौ लाख २४ हजार ५६२ जनालाई ७८९ केन्द्रबाट औषधि खुवाउन पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुने भनिएको छ । मोरङको मझारे, दादरबैरिया र जहदामा अझै पनि हात्तीपाइले रोगी भेट्टिएको बताइएको छ । शरीरको कुनै पनि भागमा मासु जस्तो डल्लो देखिनु, हाइड्रोसिल हुनु, गलगाँड हुनु, खातखुट्टा सुनिएर हात्तीको खुट्टा जस्तो देखिनु नै हात्तीपाइले रोग हो भनिएको छ ।

प्रदेशमा १४ जिल्ला रहे पनि यो औषधि मोरङ, धनकुटा र झापामा पनि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागार्इँका अनुसार यस जिल्लामा एक लाख २२ हजार मानिसलाई हात्तीपाइले चक्की तथा जुकाको औषधि खुवाउन ४०० केन्द्रमा ३४२ स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिनुभयो भने जनस्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले छ लाख २७ हजार मानिसलाई हात्तीपाइले चक्की खुवाउन स्थानीय तहले आफ्ना सुविधानुसार स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।

 

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : १४ बजे

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति