आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिन्छौँ : उद्योगमन्त्री भट्ट « Khabarhub

आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिन्छौँ : उद्योगमन्त्री भट्ट


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताएका छन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा आज उनले आवश्यकता भए थप इजाजत दिने बताएका हुन् ।

आफूले कतिपय पेट्रोल पम्पले विचारधाराका आधारमा तेल वितरण गर्ने गरेको देखेको उल्लेख गर्दै उनले विपरीत विचार हुनेले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई आग्रह गरे । उनले आयल निगमसँग सम्बन्धित नीतिगत समस्यालाई समाधान गर्न सरकार लागिपरेको समेत बताए ।

“निगमसम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दा पनि नीतिगत रुपमा समाधान गर्न हामी लागिपरेका छौँ, राष्ट्रिय पेट्रोलियम नीतिको मस्यौदा तयार भइसकेको छ, थप छलफल गरी नीति ल्याउछौँ”, उनले भने ।

पेट्रोलियम व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष हुन नसकेको सङ््घको निर्वाचन एक वर्षपछि हुन लागेको हो ।

आगामी कार्यकालको अध्यक्षका लागि हालका अध्यक्ष लिलेन्द्र प्रधान र विश्व अर्यालले उम्मेदवारी दर्ता गर्नुभएको छ । नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुने एशोशिएसनले जनाएको छ । देशभर रहेका करिब एक हजार ५०० बाट छनोट भएका ३४४ पम्प व्यवसायी निर्वाचनमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : ४४ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १