आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिन्छौँ : उद्योगमन्त्री भट्ट | Khabarhub Khabarhub

आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिन्छौँ : उद्योगमन्त्री भट्ट


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताएका छन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा आज उनले आवश्यकता भए थप इजाजत दिने बताएका हुन् ।

आफूले कतिपय पेट्रोल पम्पले विचारधाराका आधारमा तेल वितरण गर्ने गरेको देखेको उल्लेख गर्दै उनले विपरीत विचार हुनेले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई आग्रह गरे । उनले आयल निगमसँग सम्बन्धित नीतिगत समस्यालाई समाधान गर्न सरकार लागिपरेको समेत बताए ।

“निगमसम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दा पनि नीतिगत रुपमा समाधान गर्न हामी लागिपरेका छौँ, राष्ट्रिय पेट्रोलियम नीतिको मस्यौदा तयार भइसकेको छ, थप छलफल गरी नीति ल्याउछौँ”, उनले भने ।

पेट्रोलियम व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष हुन नसकेको सङ््घको निर्वाचन एक वर्षपछि हुन लागेको हो ।

आगामी कार्यकालको अध्यक्षका लागि हालका अध्यक्ष लिलेन्द्र प्रधान र विश्व अर्यालले उम्मेदवारी दर्ता गर्नुभएको छ । नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुने एशोशिएसनले जनाएको छ । देशभर रहेका करिब एक हजार ५०० बाट छनोट भएका ३४४ पम्प व्यवसायी निर्वाचनमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : ४४ बजे

घरको तल्लामा अंशबण्डा गर्न पाइने र जग्गामा न्यूनतम प्लटको कानुन बनाइने

काठमाडौं– सरकारले घरको तल्लामा पनि अंशबण्डा गर्न मिल्ने कानुन बनाउने

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन- शान्तिसुरक्षामा कुनै सम्झौता नगर्नुस्

काठमाडौं– गृहमन्त्री रमेश लेखकले  शान्तिसुरक्षा  मुलुकको पहिलो सर्त भएकाले यसमा

पूर्वडीएसपी पन्थी भन्छन्- तत्कालीन गृहमन्त्री श्रेष्ठकै निर्देशनमा अनुसन्धान रोकियो, दबाब दिएर सरूवा गरियो

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा हुने मानव तस्करी,

थोरै विद्यार्थी भएका विश्वविद्यालयलाई गाभ्ने सरकारको कार्ययोजना

काठमाडौं– थोरै विद्यार्थी भएका विश्वविद्यालयलाई एकआपसमा गाभ्ने कार्ययोजना सरकारले अगाडि

गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन, किसानलाई राहत

तम्घास– गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।