पाकिस्तानमा राजनीतिक प्रतिशोधको रुपमा ब्रोडसिट प्रकरण « Khabarhub

पाकिस्तानमा राजनीतिक प्रतिशोधको रुपमा ब्रोडसिट प्रकरण


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा हाल पूर्व प्रधानमन्त्री नवाज सरिफ र पूर्व राष्ट्रपति पर्भेज मुसरफको कार्यकालमा भएको घोटाला र आर्थिक अनियमिताताले सञ्चारमाध्यम र राजनीति वृत तताएको छ ।

पाकिस्तानको राजनीतिक इतिहासमा आर्थिक अनियमितता र भ्रष्ट्राचारको मुद्दा नौलो कुरा होइन । हाल, पूर्व प्रधानमन्त्री नवाज सरिफ र पूर्व राष्ट्रपति पर्भेज मुसरफको समयमा भएको आर्थिक घोटाला सञ्चारमाध्यमा चर्चाको विषय बनेको छ ।

पाकिस्तानमा, पर्भेज मुसरफको राष्ट्रपति कार्यकालमा आर्थिक अनियमिततामाथि निगरानी गर्ने निकाय ब्रोडसिट एलएल्सी स्थापना गरेको हो । तर, ब्रोडसिट प्रकरणले आर्थिक अनियमिततामाथि कारबाही गर्ने भन्दा पनि राजनीति प्रतिशोध साँध्ने माध्यम बनेको छ ।

ब्रोडसिट प्रकरणबाट नै पाकिस्तानमा राजनीतिक प्रतिशोध साँध्ने प्रवृति बढेको देखिन्छ । पूर्वप्रधानमन्त्री नवाज सरिफको समयमा आर्थिक अनियमितता तथा भ्रष्ट्राचार निगरानी गर्ने निकाए नेसनल एकाउन्टेबीलिटी ब्युरो (एन्एबी) का तत्कालीन प्रमुख सैफुर रेहमान थिए ।

उनकै समयमा पूर्व राष्ट्रपति असिफ अलि जादरीलाई आर्थिक अनियमितताको मुद्दामा कुनै अदालतको फैसला बिना एघार बर्ष जेल सजाय गरिएको थियो । त्यसबेला बेनजीर भुट्टो पनि आफुमाथि लागेको भ्रष्ट्राचारको आरोप झुटो रहेको भन्दै अदालतमा आत्मरक्षा गरिरहेको थिइन् ।

तर, एन्एबी अदालतका न्यायधिस कयुमले भुट्टोको अपील खारेज गर्दै उनीमाथि कारबाही गरेको थियो । तर, पछि सर्वोच्च अदालतले भुट्टो र जादरीमाथि बेइमानी ढंगले कारबाही गरेको भन्दै न्यायधिस कसिममाथि कारबाही गरेपछि नवाज सरिफको सरकारको आलोचना भयो ।

ब्रोडसिट प्रतिशोधको दोस्रो चरणमा जतिबेला राष्ट्रपति पर्भेज मुसरफको समयमा एन्एबी का प्रमुख अम्जद रहेका बेला यो मुद्दा कुनै ठोस परिणाम बिना सकियो । ब्रोडसिट प्रकरणले लुटीएको सम्पति फिर्ता ल्याउने काममा एन्एबीलाई सहयोग गर्ने काम नगरेको पूर्व प्रमुख अम्जदले बताए ।

ब्रोडसिट प्रकरणले वैदेशिक कालो धनबारे प्रमाण उपलब्ध गर्न असफल भएको र भ्रष्ट्राचार आरोपीहरुमाथि अनुसन्धान र कारबाही हुनुपर्ने उनले बताए । पर्भेज मुसरफले राष्ट्रपती रहँदा नवाज सरिफ र असिफ जादरी बिरुद्ध ब्रोडसिट मुद्दामा कारबाही गर्न खोजे तर सफल भएनन् ।

मुसरफले चुनावमा पाकिस्तान पिपुल्स पार्टीको बहुमत हराउन एन्एबी प्रयोग गरेको तर हाल आफैँ एन्बीको फन्दामा फसेको पार्टीले टिप्पणी गरेको छ । त्यस्तै, हाल प्रतिपक्षी दल पाकिस्तान मुस्लिमक लिगकी नेतृत्व मर्यम नवाजले अफ्नो दलको नेता शेहवाज नवाजलाई प्रधानमनत्री इमरान खानले राजनीतिक प्रतिशोधका कारण कारबाही गरेको टिप्पणी गरेकी छन् ।

पाकिस्तानमा आर्थिक घोटाला र अनियमिततामाथि अनुसन्धान गर्ने ब्रोडसिट प्रकरण राजनीतिक प्रतिशोधको माध्यम बनेको विश्लेषण गरिन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ८ : ३७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने