पाकिस्तानमा राजनीतिक प्रतिशोधको रुपमा ब्रोडसिट प्रकरण « Khabarhub

पाकिस्तानमा राजनीतिक प्रतिशोधको रुपमा ब्रोडसिट प्रकरण


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा हाल पूर्व प्रधानमन्त्री नवाज सरिफ र पूर्व राष्ट्रपति पर्भेज मुसरफको कार्यकालमा भएको घोटाला र आर्थिक अनियमिताताले सञ्चारमाध्यम र राजनीति वृत तताएको छ ।

पाकिस्तानको राजनीतिक इतिहासमा आर्थिक अनियमितता र भ्रष्ट्राचारको मुद्दा नौलो कुरा होइन । हाल, पूर्व प्रधानमन्त्री नवाज सरिफ र पूर्व राष्ट्रपति पर्भेज मुसरफको समयमा भएको आर्थिक घोटाला सञ्चारमाध्यमा चर्चाको विषय बनेको छ ।

पाकिस्तानमा, पर्भेज मुसरफको राष्ट्रपति कार्यकालमा आर्थिक अनियमिततामाथि निगरानी गर्ने निकाय ब्रोडसिट एलएल्सी स्थापना गरेको हो । तर, ब्रोडसिट प्रकरणले आर्थिक अनियमिततामाथि कारबाही गर्ने भन्दा पनि राजनीति प्रतिशोध साँध्ने माध्यम बनेको छ ।

ब्रोडसिट प्रकरणबाट नै पाकिस्तानमा राजनीतिक प्रतिशोध साँध्ने प्रवृति बढेको देखिन्छ । पूर्वप्रधानमन्त्री नवाज सरिफको समयमा आर्थिक अनियमितता तथा भ्रष्ट्राचार निगरानी गर्ने निकाए नेसनल एकाउन्टेबीलिटी ब्युरो (एन्एबी) का तत्कालीन प्रमुख सैफुर रेहमान थिए ।

उनकै समयमा पूर्व राष्ट्रपति असिफ अलि जादरीलाई आर्थिक अनियमितताको मुद्दामा कुनै अदालतको फैसला बिना एघार बर्ष जेल सजाय गरिएको थियो । त्यसबेला बेनजीर भुट्टो पनि आफुमाथि लागेको भ्रष्ट्राचारको आरोप झुटो रहेको भन्दै अदालतमा आत्मरक्षा गरिरहेको थिइन् ।

तर, एन्एबी अदालतका न्यायधिस कयुमले भुट्टोको अपील खारेज गर्दै उनीमाथि कारबाही गरेको थियो । तर, पछि सर्वोच्च अदालतले भुट्टो र जादरीमाथि बेइमानी ढंगले कारबाही गरेको भन्दै न्यायधिस कसिममाथि कारबाही गरेपछि नवाज सरिफको सरकारको आलोचना भयो ।

ब्रोडसिट प्रतिशोधको दोस्रो चरणमा जतिबेला राष्ट्रपति पर्भेज मुसरफको समयमा एन्एबी का प्रमुख अम्जद रहेका बेला यो मुद्दा कुनै ठोस परिणाम बिना सकियो । ब्रोडसिट प्रकरणले लुटीएको सम्पति फिर्ता ल्याउने काममा एन्एबीलाई सहयोग गर्ने काम नगरेको पूर्व प्रमुख अम्जदले बताए ।

ब्रोडसिट प्रकरणले वैदेशिक कालो धनबारे प्रमाण उपलब्ध गर्न असफल भएको र भ्रष्ट्राचार आरोपीहरुमाथि अनुसन्धान र कारबाही हुनुपर्ने उनले बताए । पर्भेज मुसरफले राष्ट्रपती रहँदा नवाज सरिफ र असिफ जादरी बिरुद्ध ब्रोडसिट मुद्दामा कारबाही गर्न खोजे तर सफल भएनन् ।

मुसरफले चुनावमा पाकिस्तान पिपुल्स पार्टीको बहुमत हराउन एन्एबी प्रयोग गरेको तर हाल आफैँ एन्बीको फन्दामा फसेको पार्टीले टिप्पणी गरेको छ । त्यस्तै, हाल प्रतिपक्षी दल पाकिस्तान मुस्लिमक लिगकी नेतृत्व मर्यम नवाजले अफ्नो दलको नेता शेहवाज नवाजलाई प्रधानमनत्री इमरान खानले राजनीतिक प्रतिशोधका कारण कारबाही गरेको टिप्पणी गरेकी छन् ।

पाकिस्तानमा आर्थिक घोटाला र अनियमिततामाथि अनुसन्धान गर्ने ब्रोडसिट प्रकरण राजनीतिक प्रतिशोधको माध्यम बनेको विश्लेषण गरिन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ८ : ३७ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार