पाकिस्तानमा धार्मिक अतिवाद र असहिष्णुता बढ्दो « Khabarhub

पाकिस्तानमा धार्मिक अतिवाद र असहिष्णुता बढ्दो


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा धर्मको नाममा धार्मिक असहिष्णुता बढिरहेको पाइएको छ । पाकिस्तानमा धार्मिक अतिवादका कारण असहिष्णुता र हिंसा बढिरहेको विश्लेषण गरिएको छ ।

विभिन्न समूहका लडाकुहरुले धर्मको नाममा आक्रमण तथा हिंसा भड्काउने गतिविधि बढिरहेको छ । पाकिस्तान सरकारले सबै धार्मिक आस्थालाई मजबुत बनाउन र सबै मानिसलाई नजिक ल्याउन काम गरिरहेको बताए पनि परिणाम ठिक विपरित देखिएको छ ।

धार्मिक अतिवाद कै कारण समुदायमा धार्मिक असहिष्णुता, इस्लामिक अतिवादी लडाकुहरुको पुनरुत्थान हुने गतिविधि भइरहेको पाकिस्तान ईन्स्टिच्युट फर पिस स्टडिज संस्थाका कार्यकारी निर्देशक मोहममद अमीर रानाले बताए ।

दुर्भाग्यपूर्ण, समुदायमा नैतिकता, निष्ठा स्थापना गर्नु भन्दा विपरित हिंसा, असहिष्णुता, घृणा फैलिएको उनले एक समाचारपत्रमा लेख प्रकाशित गरेका छन् ।

पाकिस्तानमा धार्मिक हैसियतले नागरिकको पहिचान बन्ने काम शुरु भएको उनले उल्लेख गरेका छन् । गत केही सातामा, महिला अधिकार र शसत्तिकरणबारे सिकाई प्रदान गर्ने चार व्यावसायिक शिक्षकलाई पाकिस्तान सीमा क्षेत्रमा लडाकुहरुले पक्राउ गरेका थिए ।

त्यस्तै, अफ्गानिस्तानसँग सीमा क्षेत्रमा मोटरसाइकलमा आएका दुई अपरिचित व्यात्तिले गोली हानी एक प्रहरीको हत्या गरेको थियो । केही साताअघि, पाकिस्तानको पश्चिमी सीमा क्षेत्रमा एक दर्जन भन्दा धेरै सेना तथा अर्धसेनाहरु एम्बुस आक्रमण तथा लडाकुमाथिको कारबाहीको क्रममा मारिएका थिए ।

पाकिस्तानमा धर्मले राष्ट्रियता बलियो बनाउने भन्दा पनि धार्मिक अतिवाद र असशिष्णुता फैलिएको विज्ञहरुको बिश्लेषण छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ४ : ४५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने