विश्वभर ३२ लाखभन्दा धेरै संक्रमितको मृत्यु, दोस्रो लहरको ‘हटस्पट’ भारत « Khabarhub

विश्वभर ३२ लाखभन्दा धेरै संक्रमितको मृत्यु, दोस्रो लहरको ‘हटस्पट’ भारत


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ५५१ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको हो । पछिल्लो वृद्धिसँगै मृतक संख्या ३२ लाख ५ हजार ७८६ पुगेको छ  ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ९० हजार ७०४ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६ हजार ५५६ जनाको मृत्यु भएको छ ।

मृतक र संक्रमितका आधारमा मेक्सिकोपछि भारत चौथो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । दैनिक संक्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अतिप्रभावित मुलुकमा छ ।

भारतमा पहिलो पटक शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ९२ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मको दोस्रो धेरै हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५९ लाख ८१ हजार ७७२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३३ लाख ५२ हजार ३६१ छ ।

यस्तै त्यहाँ एकैदिन ३६ सय ८८ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख १५ हजार ५२३ पुगेको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : १९ बजे

मध्यपूर्व तनाव चुलिँदै, अमेरिकाद्वारा इरानी रडार साइटमा आक्रमण 

तेहरान– मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप बढिरहेका बेला अमेरिकी सेनाले

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान संकलन

काठमाडौं– जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा

लेबनानमा इजरायली आक्रमण : पाँच जनाको मृत्यु, दुई घाइते

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

भोजपुर– भोजपुरको अरुण गाउँपालिका-७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

किमाथांका–  सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध