कोरोनाका कारण अभिनेत्री गीता बहलको निधन « Khabarhub

कोरोनाका कारण अभिनेत्री गीता बहलको निधन


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् ९० को दशकमा अभिनेता ऋषि कपूरदेखि लिएर शत्रुघ्न सिन्हाजस्ता ठूला स्टारका साथ अभिनय गरेकी अभिनेत्री गीता बहलको शनिबार राती कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि गीतालाई १९ अप्रिलमा मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा भर्ना गरिएको थियो । उनी ६४ वर्षकी थिइन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार गीता सन् ८० देखि ९० को दशकमा कैयौं फिल्ममा अभिनेताका रुपमा काम गरेका अभिनेता रवि बहलकी बहिनी हुन् ।

गीतासँगै उनका दाजु रवि, उनकी ८५ वर्षकी आमा र घरमा काम गर्ने एक महिला कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । तर घरमा आइसोलेसनमा रहेका तीनजना अहिले स्वस्थ भइसकेका छन् ।

तर गीताको स्वास्थ्य अवस्थामा खराब हुँदै गएपछि उनलाई अप्रिल २६ मा आइसीयूमा सारिएको थियो । उनलाई दुई दिन अघि भेण्टीलेटरमा राखिएको थियो ।

गीताले सन् १९७८ मा निर्देशक राज खोसलाको हिट फिल्म ‘मे तुलसी तेरे आँगन की’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यो फिल्ममा विनोद खन्ना, नूतन र आशा पारेख जस्ता दिग्गज कलाकारको अभिनय थियो ।

उनले ९० को दशकमा ऋषि कपूर र मौसमी चटर्जीका साथ फिल्म ‘दो प्रेमी’, ‘जमानेको दिखाना है’, ‘मैने जीना सिख लिया’, ‘मेरा दोस्त मेरा दुश्मन’, ‘नयाँ सफर’ जस्ता हिन्दी फिल्ममा अभिनय गरिन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ११ : ०० बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।