कोरोनाले मृत्यु भएका शिक्षकका परिवारलाई १० लाख दिन अपिल « Khabarhub

कोरोनाले मृत्यु भएका शिक्षकका परिवारलाई १० लाख दिन अपिल


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणका कारण मृत्यु भएका शिक्षकका परिवारलाई सान्तवना स्वरुप १० लाख रुपैयाँ दिन नेपाल सरकारलाई स्थायी शिक्षक हकहित मञ्चले अपिल गरेको छ ।

मञ्चले आइतबार एउटा सूचना जारी गर्दै कोरोना संक्रमित प्रत्येक शिक्षकलाई दिएको एक लाख उपचार खर्च निरन्तर दिन, उपचार खर्च व्यवस्थापन गर्न र मृत्यु पश्चात दश लाख रुपैयाँ अपिल गरेका छन् ।

दोस्रो चरणको संक्रमणबाट ज्यान गुमाउने शिक्षकहरु मनिषा थापा (बाँके), दुर्गा रेग्मी (बर्दिया), लोकराज भट्ट (कञ्चनपुर), मन्जु के सी (कञ्चनपुर), पार्वती न्यौपाने (बर्दिया), रुपा चटर्जी (बाँके), हरिभक्त रोकय (जाजरकोट), धर्मानन्द ओझा (डडेलधुरा), नवराज कालाथोकी, (दाङ), घनश्याम चौधरी, (नवलपरासी), बमबहादुर कुवर (गुल्मी), काषी सिं कार्की (कञ्चनपुर) लगायतका कोरोबाट मृत्यु भएका सबैको परिवारलाई सान्तवना रकम प्रदान गर्नुपर्ने मञ्चले जारी गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संक्रमण तीव्र रुपमा बढिरहेको सन्दर्भमा केही स्थानीय तहले परीक्षा सञ्चालन ताकेता दिने, शिक्षकहरुलाई विद्यालयमा जान बाध्य गराईने काम तुरुन्त बन्द गर्न पनि मञ्चले अफिल गरेको छ ।

त्यस्तै, मञ्चले सपूर्ण शिक्षकहरुलाई स्वास्थ्य सुरक्षाको उचित मापदण्ड अपनाई अनलाइन कक्षा, परियोजना कार्य वा अन्य विधि अपनाई शिक्षण सिकाइलाई निरन्तरता दिनका साथै लिखितमौखिक परीक्षा बाहेक मूल्याङ्कनका अन्य साधनहरु (रुजु सुची, अवलोकन, घटनावृत अभिलेख आदिलाई) अपनाउन समेत आग्रह गरेको छ ।

No description available.

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १ : ०२ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु