शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति नगर्न विपक्षी दलको माग | Khabarhub Khabarhub

शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति नगर्न विपक्षी दलको माग


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बनी प्रदेश सभाका विपक्षी दलका सांसदहरूले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त नगर्न र शपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका हुन् ।

पोखरेलले बहुमत गुमाइसकेकाले पुन: नियुक्त गर्न नमिल्ने विपक्षी दलको दाबी छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर देखाएका हुन् ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला खत्रीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।
उल्लेखनीय छ, सांसद खत्रीलाई माओवादी केन्द्र रोजेकै कारण अनुशासनको कारवाही हुन नसक्ने देखिन्छ । उनी उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित भएका कारण नेकपा खारेज भइसकेको अवस्थामा उनी कुन पार्टीमा रहने भन्ने निर्णय गर्न स्वतन्त्र रहन्छिन् ।

नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानले मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउने कुनै आधार नरहेको र विपक्षी चार दलसँग पनि मुख्यमन्त्रीसँग जत्तिकै सांसद रहेको अवस्थामा दलहरुसँगको छलफलबाट मात्र प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसँग माग गरिएको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : २६ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज