यस्ता थिए वास्तविक गब्बर « Khabarhub

यस्ता थिए वास्तविक गब्बर


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडको एक यस्तो फिल्म जसको कलाकार, संगीत र संवादले आज पनि दर्शक मनोरञ्जन लिन्छन् । त्यो नाम हो ‘शोले’ ।

यो फिल्मका एक दमदार कलाकार ‘गब्बर’को कुरा गरिएन भने ‘शोले’को अन्य कुरा गर्नु आफैंमा खल्लो हुन्छ । एबीपी लाइभले यिनै ‘गब्बर’ चरित्रको एक रहस्यका बारेमा आफ्नो अनलाइनमा लेखेको छ । फिल्ममा अमजद खानले गब्बरको भूमिका निभाएका थिए ।

५० को दशकमा मध्य प्रदेशको बिहडोमा ‘गब्बर’ उर्फ ‘गबरा’ नामका एक वास्तविक डाकु थिए । उनको नाम लिनासाथ टाढा टाढाका मानिसहरु डराउथे ।

यतिमात्र होइन, तीन राज्यको प्रहरीले गब्बरको नाममा ५० हजार रुपैंयाँ राशीको पुरस्कार नै राखेको थियो । डाकु ‘गब्बर सिंह’ले आफ्नो कुल देवीको अगाडि एक प्रण लिएका थिए ।

उनले १ सय १६ मानिसको काटेको नाक आफूले देवीलाई चढाउने प्रण गरेका थिए । एक तान्त्रिकले गब्बरले नाक काटेर देवीलाई चढाएमा उसलाई प्रहरीले मार्न नसक्ने बताएको थियो ।

त्यो बेलासम्म गब्बरले २६ जना मानिसको नाक काटिसकेको थियो । त्यो सूचीमा प्रहरीहरु पनि थिए । यद्यपि फिल्म ‘शोले’मा रहेको गब्बरको कथा वास्तविक गब्बरबाट प्रेरित थिएन ।

तर फिल्म लेखक सलीम खान मध्य प्रदेशका डाकुहरुको बारेमा जानकार थिए । किनकी उनका पिता मध्य प्रदशको प्रहरीमा काम गर्थे ।

जब सलीमले ‘शोले’को कथा लेख्न थाले, त्यो बेला उनले गब्बरको वास्तविक कथामा केही मसला मिसाएर ‘शोले’को गब्बरको चरित्र लेखे ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : ४० बजे

विश्वकपमा दीपेन्द्रको सम्झनायोग्य ब्याटिङ : दुई अर्धशतकसहित सर्वाधिक १६९ रन

काठमाडौं – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा

काठमाडौं – शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन ६ गते बुधबार फागुन