राष्ट्रपति भण्डारीद्वारा २७ वैशाखमा संसदको अधिवेशन आह्वान « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा २७ वैशाखमा संसदको अधिवेशन आह्वान

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन वैशाख २७ गतेका लागि आह्वान गरेकी छन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशनको बैठक वैशाख २७ गते दिउँसो १ बजेका लागि आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् ।

‍‘मन्त्रिपरिषदको मिति २०७८/१/१९ को सिफारिसमा सम्माननीय प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबारका दिन अपरान्ह १ : ०० बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नु भएको छ ।’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसअघि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने मन्त्रिपरिषद् बैठकमा जानकारी गराएको जनाइएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : ५० बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब