राष्ट्रपति भण्डारीद्वारा २७ वैशाखमा संसदको अधिवेशन आह्वान « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा २७ वैशाखमा संसदको अधिवेशन आह्वान

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन वैशाख २७ गतेका लागि आह्वान गरेकी छन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशनको बैठक वैशाख २७ गते दिउँसो १ बजेका लागि आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् ।

‍‘मन्त्रिपरिषदको मिति २०७८/१/१९ को सिफारिसमा सम्माननीय प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबारका दिन अपरान्ह १ : ०० बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नु भएको छ ।’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसअघि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने मन्त्रिपरिषद् बैठकमा जानकारी गराएको जनाइएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : ५० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)