तपाईंको मास्क खोई ? अभियानमा तीव्रता « Khabarhub

तपाईंको मास्क खोई ? अभियानमा तीव्रता


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमलाई तीव्रता दिइएको छ ।

उक्त कार्यक्रम अन्तरगत पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १४ हजार ७३९ जनालाई निःशुल्क मास्क वितरणसमेत गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रमसहित मास्क वितरण गरिरहेको हो । यस्तै मापदण्ड उल्लङ्घन गर्नेलाई कारवाहीसमेत गरिएहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए ।

तोकिएको सुरक्षा मापदण्डलाई कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्दै विभिन्न सचेतनामूलक कार्यक्रम अभियानकैरुपमा सञ्चालन गरेको छ ।

अभियानको क्रममा पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने तीन हजार ७४६ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको छ । तोकिएको मापदण्ड उल्लङ्घन गर्ने ५१५ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको जनाइएको छ ।

साथै सोही क्रममा देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा ३१ हजार ८४१ जना सहभागी भएका छन् । कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रम गरिरहेको छ । यस्तै भीडभाड नगर्न, अनावश्यकरुपमा घर बाहिर हिँडडुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाका अनुरोध गर्दै हिँडेको छ ।

अघिल्लो दिन ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ । सोही अबधीमा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको र १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरेको प्रहरीले जनाएको छ । – रासस

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : ४५ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो