‘कोरोना परीक्षण घट्यो संक्रमण घटेन’ « Khabarhub

‘कोरोना परीक्षण घट्यो संक्रमण घटेन’


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकले कोरोना संक्रमितको संख्या घट्दै गएको देखिएको छ । तर, संक्रमण घट्दै गएर संक्रमितको संख्या घटेको नभई पीसीआर परीक्षण नै कम गरिएकाले संक्रमितको संख्या कम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

दैनिक करिब २० हजारको हाराहारीमा पीसीआर परीक्षण हुँदै आएकोमा पछिल्लो समय १० देखि १२ हजारको संख्यामा मात्र पीसीआर परीक्षण भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले समेत स्पष्ट पारेको छ ।

संक्रमितको संख्या कुल परीक्षणको ३० देखि ३५ प्रतिशत रहेको अवस्थामा कोरोना संक्रमण घट्यो भन्नु नागरिकलाई झुक्याउने काम मात्र भएको उनीहरूको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल पनि नमुना संकलन नै कम भएकाले परीक्षण घटेको स्वीकार्छन । उनले अझै पनि परीक्षणलाई समुदायस्तरमा लैजान नसकिएको र अधिकांश पीसीआर परीक्षण कोरोनाको लक्षण देखिएर अस्पताल वा स्वास्थ्य संस्थामा आई नमुना दिनेको मात्र भएको बताए ।

उनले स्थानीय तहमा एन्टिजेन परीक्षण पनि कमै मात्र भएको बताए । पछिल्लो समय देशभर सरकारी र निजी गरी ९० वटा ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ । यसका साथै भारत र नेपालको सीमा नाका तथा स्थानीयस्तरमा एन्टिजेनमार्फत परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गर्दै आएको छ । मन्त्रालयले ११ लाखको हाराहारीमा एन्टिजेन कीट सम्पूर्ण स्थानीय पालिका तहमा पठाएको छ । तर, कहाँ–कति परीक्षण भइरहेको छ । त्यसको नतिजा अझै राम्रोसँग मन्त्रालयलाई आइसकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय काभे्रका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार अहिले गाउँमा नयाँ ‘भेरियन्ट’ बाट संक्रमित हुनेको संख्या बढ्दो छ । शहरी भेगमा समयमै परीक्षण गर्ने र आइसोलसनमा बस्ने व्यवस्था भएकाले संक्रमण घट्दै गएको भए तापनि शहरबाट गाउँमा गएकाहरू खुलेआम धेरै मानिससँग सम्पर्कमा आएका कारण संक्रमण बढ्दो भएको उनी बताउँछन् ।

गाउँमा अधिकांश घरमा कोही न कोही कोरोना संक्रिमित भएको र शहरको जस्तो मास्क लगाउने, दुरी कायम गर्ने नियम पालना हुन सकेको छैन । साधारण घर, साघुँरो बस्ती, खाना खाने, बस्ने, शौचालय प्रयोग पनि एउटै भएकाले कोरोना संक्रमण तीव्ररूपमा फैलिने सम्भावना हुन्छ ।

गाउँमा यतिखेर खेतीको सिजन भएकाले किसानहरूले संक्रमणको लक्षण देखिए पनि परीक्षण गराएपछि काम रोकिएला भनेर परीक्षण नै नगर्ने र जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल जाने भएकाले घरपरिवार र समाजमा कोरोना फैलिसकेको अवस्था रहेको डा. झा बताए । स्वास्थ्य शाखा प्रमुख, धुलिखेल नगरपालिकाका सन्दीप केसीले धुलिखेलमा पनि कोरोना संक्रमितको संख्या घटेको नभई परीक्षण मात्र घटेको बताए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ७ : ४८ बजे

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता

‘प्रदेशमा वाम सहकार्य निश्चित भइसक्यो, पार्टी एकता अहिल्यै सम्भव छैन’

काठमाडौं- देशका विभिन्न प्रदेशबाट आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का

परराष्ट्रको स्पष्टीकरण : कुमार बेन सुटुक्क भारत गएको कुनै जानकारी छैन

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन

कृषिमन्त्रीको राजीनामा माग्दै प्रभुले भने : किसानलाई मल दिन नसक्नेलाई कुर्सीमा बस्ने अधिकार छैन

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले