७० वटा बाघको शिकार गरेको आरोपमा एकजना पक्राउ « Khabarhub

७० वटा बाघको शिकार गरेको आरोपमा एकजना पक्राउ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ७० वटा बाघको शिकार गरेको आरोपमा बंगलादेशको प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बंगलादेशी प्रहरीका अनुसार पक्राउ पर्नेमा टाइगर हबिब उपनामले चिनिने हाबिब तालुकदेर रहेका छन् । स्थानीय प्रहरीका अनुसार उनले पछिल्लो २० वर्षभन्दा लामो समयदेखि अनाधिकृतरुपमा बाघको शिकार गर्दै आएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएअनुसार उनी बंगलादेशको घना जंगल सुन्दरवन म्यानग्रोभ जंगल नजिकै बस्दै आएका थिए । भारत–बंगलादेशको सीमामा पर्ने म्यानग्रोभ जंगल विश्वको सबैभन्दा धेरै ‘बंगाली टाइगर’ पाइने क्षेत्र हो । अधिकारीहरुले अनुगमन गर्दा तालुकदेर उक्त क्षेत्रबाट भाग्ने गर्थे ।

५० वर्षीय आरोपीलाई अहिले अदालतमा चलिरहेको मुद्दाको सिलसिलामा थुनामा पठाइएको छ । एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ८ : ५५ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ