७० वटा बाघको शिकार गरेको आरोपमा एकजना पक्राउ « Khabarhub

७० वटा बाघको शिकार गरेको आरोपमा एकजना पक्राउ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ७० वटा बाघको शिकार गरेको आरोपमा बंगलादेशको प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बंगलादेशी प्रहरीका अनुसार पक्राउ पर्नेमा टाइगर हबिब उपनामले चिनिने हाबिब तालुकदेर रहेका छन् । स्थानीय प्रहरीका अनुसार उनले पछिल्लो २० वर्षभन्दा लामो समयदेखि अनाधिकृतरुपमा बाघको शिकार गर्दै आएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएअनुसार उनी बंगलादेशको घना जंगल सुन्दरवन म्यानग्रोभ जंगल नजिकै बस्दै आएका थिए । भारत–बंगलादेशको सीमामा पर्ने म्यानग्रोभ जंगल विश्वको सबैभन्दा धेरै ‘बंगाली टाइगर’ पाइने क्षेत्र हो । अधिकारीहरुले अनुगमन गर्दा तालुकदेर उक्त क्षेत्रबाट भाग्ने गर्थे ।

५० वर्षीय आरोपीलाई अहिले अदालतमा चलिरहेको मुद्दाको सिलसिलामा थुनामा पठाइएको छ । एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ८ : ५५ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती