एमाले नगर कमिटीले खरिद गर्‍यो ५० थान अक्सिजन सिलिण्डर « Khabarhub

एमाले नगर कमिटीले खरिद गर्‍यो ५० थान अक्सिजन सिलिण्डर


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ ।

विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

नगर अस्पतालमा अक्सिजनसहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग सङ्कलन अभियान नै चलाएर रु १५ लाख रकम सङ्कलन गरेको थियो । सोही रकमबाट ५० सिलिण्डर खरिद गरेको र बाँकी रु छ लाख ५० हजार बचत रहेको नगर कमिटीका सचिव सुभास भट्टराईले जानकारी दिए ।

उहाँका अनुसार प्रतिसिलिण्डर रु १६ हजारका दरले असिक्जन सिलिण्डर खरिद गरिएको छ । उहाँले एकजना दाताले एक सिलिण्डर बराबरको नगद सहयोग गरेको बताए ।  बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएकोे छ ।

मेचीनगर हप्तामा दुई पटक मात्र स्वाब सङ्कलन गर्ने

दैनिकरूपमा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्दै आएको मेचीनगर नगरपालिकाले अब हप्तामा दुई पटक मात्र स्वाब सङ्कलन गर्ने भएको छ ।

नगरपालिकाले नगरमा कोभिड–१९ को सङ्क्रमितको दर घटेसँगै पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हप्तामा दुई पटक र एन्टिजेन परीक्षणका लागि चार दिन स्वाब सङ्कलन गर्ने भएको हो ।

नगरस्तरीय कोभिड सङ्क्रमण नियन्त्रण कार्यदलले आइतबार र बुधबार मध्याह्न १२ देखि १ बजेसम्म पिसिआर र सोमबार र शुक्रबार सोही समयमा एन्टिजेन परीक्षणका लागि स्वाब सङ्कलन गरिने जनाएको छ । दुवै परीक्षणका लागि स्वाब सङ्कलन स्थल भने मेचीनगर–८ मा रहेको आदर्श माध्यमिक विद्यालय परिसरलाई तोकिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ८ : ४३ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको