भारतको अर्थतन्त्र सन् २०२२ मा ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण | Khabarhub Khabarhub

भारतको अर्थतन्त्र सन् २०२२ मा ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको अर्थतन्त्र सन् २०२२ मार्चको अन्त्यसम्ममा कूल गार्हस्थ्य उत्पादनमा सुधार आई ९.३ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ ।

विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले कोरोनाभाइरस महामारी (कोभिड–१९)को दोस्रो लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले पुनः गति लिने जनाएको छ । सन् २०२० मा कोभिड–१९ का कारण व्यापक गिरावट आएको अर्थतन्त्र कोभिडको संक्रमण कम देखिनासाथ सक्रिय भएको थियो ।

मुडिजका अनुसार भारतमा लगानीको वातावरण अझै सुधार आउन सकेको छैन । खासगरी भारतमा अर्थतन्त्रको वृद्धि तुलनात्मक रुपमा न्यून भएको, कमजोर सरकारी वित्त प्रणाली र वित्तीय क्षेत्रका जोखिम बढ्दो क्रममा रहेको मुडिजको भनाइ छ । भारतका यी परम्परागत समस्याबीच कोभिडको दोस्रो लहरले भारतीय अर्थव्यवस्थामा थप जटिलता थपेको मुडिजले जनाएको छ ।

लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्त हुन सक्ने चेतावनी दिएको मुडिजले कोभिडको पहिलो लहरको झैं यसपटक अर्थतन्त्रलाई गम्भीर प्रभाव नपार्ने प्रक्षेपण गरेको छ ।

राजश्वमा हुने सामान्य गिरावट र कोभिडसँग सम्बन्धित क्षेत्रमा परिचालित हुने खर्चले सरकारी कोषमा कूल गार्हस्थ्य उत्पादनको ११.८ प्रतिशत भार थपिने छ ।

भारतले गत मे १ देखि तेस्रो चरणको खोप अभियान थालनी गरिसकेको छ जसमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ । तर, मे महिनाको अन्त्यसम्ममा कूल जनसंख्याको करिब १५ प्रतिशतले मात्र कम्तीमा एक डोज खोप लगाउन पाएका छन् ।

खोपको कमी र स्रोतसाधनको अभावले खोप अभियानलाई सहज रुपमा विस्तार गर्न कठिनाई भइरहेको पनि मुडिजको भनाइ छ ।

मुडिजले कोभिडको दोस्रो लहर जुन महिनाभन्दा लामो अवधिसम्म जारी रहे र खोप अभियानमा अपेक्षित प्रगति नभए भारतको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने जनाएको छ । रासस

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : ०५ बजे

उपप्रधानमन्त्री यादवको तर्क- पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन

भक्तपुर– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी

जुम्लाको छुमचौरमा कालीमार्सी धान रोपाइँ

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका–३  छुमचौर जिउलोमा धान रोपाइँ सुरु भएको

हुन्डीको ९८ लाखसहित पक्राउ परेका युवा सुन तस्करीमा पनि संलग्न !

काठमाडौं-काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा संसद् बैठक समयमा सुरु भएन 

काठमाडौं– अहिलेसम्म प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको

वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग