चिनियाँ खोप सिनोभ्याकलाई डब्ल्युएचओले दियो मान्यता « Khabarhub

चिनियाँ खोप सिनोभ्याकलाई डब्ल्युएचओले दियो मान्यता


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसविरूद्ध चीनले बनाएको अर्को खोप सिनोभ्याकलाई पनि डब्ल्युएचओले मान्यता दिएको छ ।

सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने डब्ल्युएचओले जनाएको छ । यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्नेछ ।

सिनोभ्याक खोपले ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकोडब्ल्युएचओले जनाएको छ।

योसँगै अब विश्वभरि उक्त खोप वितरणका लागि स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप वितरण गर्न सक्ने भएको छ ।

अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने दाबी गरिएको छ ।

सिनोभ्याकको यो खोप चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिएको छ ।

यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डार गर्न सकिने जनाइएको छ ।

 

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १० : ३५ बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण