जीर्ण पाइपका कारण खानेपानी चुहावट, धारामा धमिलो पानी « Khabarhub

जीर्ण पाइपका कारण खानेपानी चुहावट, धारामा धमिलो पानी


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन्दरीजलस्थित वाग्मतीबाट उपत्यकामा लगिएको खानेपानीको ठूलो पाइप जीर्ण भई चुहावट भइरहे पनि मर्मतसम्भारमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

जीर्ण भएका वर्षौं पुरानो खानेपानीका पाइप नफेरिँदा ठाउँठाउँमा पानी खेर गएको छ । जीर्ण पाइपबाट पानीका फोहरा छुटे पनि मर्मतसम्भारमा सम्बन्धित निकायको ध्यान गएको छैन । दर्जनौँ स्थानमा पानीको फोहरा छुटेर खेर जाने गरे पनि मर्मतसम्भार छिटो नहुने गरेको गोकर्णेश्वरका स्थानीयवासी रामबहादुर श्रेष्ठ गुनासो गर्छन् ।

‘खानेपानीका लागि लगिएको पानी पाइप जीर्ण भएर खेर जान्छ तर हामी मुहानस्थलमै बसे पनि हप्तादिनसम्म धारामा पानी आउँदैन’ उनले गुनासो गरे । मेलम्चीबाट ल्याएको पानीको ठूला पाइप घरमुनिबाट गए पनि मुहानस्थलकै स्थानीयवासीले खानेपानी पाएका छैनन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखाका कार्यालय प्रमुख उमेश मरहट्ठा पाइप पुरानो भएकाले ठाउँ ठाउँबाट चुहावट हुने गरेको स्वीकार छन् । चुहावटलाई तत्काल मर्मतसम्भार गर्ने गरेको उनको दाबी छ ।

मेलम्चीको पानी राजधानीमा वितरण शुरु गरेपछि महाँकालचौरसम्म पुरानै पाइपलाइनबाट पानी दिने गरी व्यवस्थित गरिएको लिमिटेडले जनाएको छ । बस्ती कम हुँदा सानो पाइपबाट काठ क्षेत्रमा पानी वितरण गरिएको थियो । बस्ती बढेपछि सानो पाइपबाट धेरै जनसङ्ख्यालाई पानी वितरण गरिँदा कतै आउने कतै नआउने हुने गरेको छ ।

ठूलो पाइपबाट पानी वितरण गर्न जाँच भइसकेको शाखा प्रमुख मरहट्ठाले जानकारी दिए । पहिले पाइप खेतबारीबाट लगिएको थियो सडक बनेको थिएन । सानो गोरेटोबाटोमात्र थियो । अब धेरै स्थानमा सडक बनिसकेकाले सडकबाट पाइप राख्न लागिएको लिमिटेडले जनाएको छ ।

सुन्दरीजल पानी प्रशोधन केन्द्र जीर्ण भएकाले महाँकालचौरभन्दा माथिका धारामा धमिलो पानी आउने गरेको छ । यस क्षेत्रको धारामा पिउन त परै जाओस् घरायसी प्रयोजनमा समेत उपयोग गर्न नसकिने पानी आउने गरेको छ ।

कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला धारामा पानी नपाएपछि स्थानीयवासी पानी खोज्न टाढाटाढाको ढुङ्गेधारामा जान बाध्य छन् । पानी खोज्न जाँदा कोरोना फैलने डर बढेको स्थानीयवासी रञ्जु पुडासैनीको गुनासो छ ।

लिमिटेडले तालिका बनाएर खानेपानीको व्यवस्था गरिदिए कोरोनाबाट बच्न सहज हुने भए पनि यसतर्फ स्थानीय सरकारका जनप्रतिनिधिलगायत सरोकार भएका निकायको ध्यान जान नसकेको उनको भनाइ छ ।–रासस

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ३ : ०८ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्