एकैदिन ७ हजार २१९ जना डिस्चार्ज, ५ हजार ३१६ संक्रमित थपिए | Khabarhub Khabarhub

एकैदिन ७ हजार २१९ जना डिस्चार्ज, ५ हजार ३१६ संक्रमित थपिए


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार ८०५ जनाको पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९२ जना गरी कुल ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ७ हजार २१९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

निको हुने दर ८०.८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपमाल सक्रिय संक्रिमतको संख्या १ लाख १ हजार ९९३ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ४ : ४६ बजे

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।